चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ



लमजुङ । लमजुङमा चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) राति ती अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला राईनास नगरपालिका–९ कुडुले बस्ने ५५ वर्षीय हितमान श्रेष्ठलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय वेलराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७४ साउन ११ गते हितमान श्रेष्ठलाई हत्या गरी फरार रहेको वेलराम गुरुङलाई चितवन भरतपुर महानगरपालिका–१६ स्थितमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्