कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ



कैलाली । कैलालीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) दिउँसो उनलाई प्रहरीलपे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ३५ वर्षीय नरेन्द्र खडायत र ३६ वर्षीय महेन्द्र देउवा रहेको प्रहरीले जनाएको छ ।

मेड ईन युएसए लेखेको खाली म्याग्जिनसहितको पेस्तोल १ थानसहित खडायत र देउवालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले महेन्द्र देउवाको घरबाट उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्