विद्युतीय स्कुटरमा विश्वासिलो पहिचान ह्वाइट लोटर्स मोटर्स



काठमाडौं । विश्वले नै यातायातमा पेट्रोलियम पदार्थमाथिको निर्भरतालाई त्याग्दै आइरहेको बेलामा नेपालमा पनि पछिल्लो समयमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गइरहेको छ । विद्युतीय सवारी साधनमध्ये पनि काठमाडौं उपत्यकामा लोकप्रिय बन्दै गइरहेको विद्युतीय स्कुटरमा विश्वासिलो पहिचान बनेर उदाएको छ– ह्वाइट लोटस मोटर्स ।

भारतको प्रतिष्ठित इलेक्ट्रिक सवारीसाधन (इभी) का उत्पादक कम्पनी प्योर इभी प्राइभेट लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता ह्वाइट लोटस मोटर्सले स्थापनाको २ वर्षमै काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर १६ डिलर संचालन गर्न सफल भएको छ ।

काठमाडौंको नक्सालस्थित शोरुमबाट ईप्लुटो सेभेन जी स्कुटरबाट बिक्रीवितरण थालेको ह्वाइट लोटस मोटर्सले इन्ट्रान्स निओ र इन्ट्रान्स थ्री फिफ्टी पनि नेपाली बजारमा ल्याइसकेको छ । इभीको कारण इन्धन आयातमा देशको अर्बौ रुपियाँ जोगिएको दावी गर्दै कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्गीले भन्नुभयो–‘हाम्रो सोच इभी बेचेर नाफा मात्रै कमाउने होइन, ग्राहकको सुविधा र सन्तुष्टिका साथै गुणस्तर हाम्रो प्राथमिकता हो । त्यसैले हामीले बिक्रीपछि पनि ग्राहकलाई सेवा प्रदान गरिरहेका छौं । स्कुटरमा प्रयोग गरिएको लिथियम आयन ब्याट्रीमा पनि हामीले ३ वर्षको वारेन्टी दिएका छौं भने हामीसँग सर्भिसिङ र पाटपुर्जा फेर्ने सुविधा पनि छ । यसका लागि कम्पनीले आफ्ना केही प्राविधिकहरूलाई भारतको हैदराबादस्थित प्योर कम्पनीबाट तालिम पनि दिलाइसकेको छ ।’

प्रबन्ध निर्देशक खड्गीले छिट्टै नेपाली बजारमा प्रिमियम इभी स्कुटर बाउन्स इन्फिनिटी पनि ल्याउने तयारी भइरहेको जानकारी दिंदै भन्नुभयो– ‘भविष्यमा प्योर इभी नेपालमै एसेम्बल गर्ने हाम्रो महत्वाकांक्षी योजना छ ।’

ह्वाइट लोटस मोटर्स नेपालमा ब्याट्री ब्यालेन्सिङ प्रणाली भएको एक मात्र इभी वितरक हो । ब्याट्री ब्यालेन्सिङ प्रणालीले विद्युतीय सवारीसाधनलाई थप भरपर्दो बनाउने मात्र होइन, ब्याट्रीको कार्य क्षमता बढाई सवारी चालकलाई अविष्मरणीय अनुभव प्रदान गर्दछ । कम्पनीले आफ्ना ग्राहकहरूको सुविधाको लागि फाइनान्सको सुविधा पनि प्रदान गरेको छ । भविष्यमा दुई पाङ्ग्रे सवारी साधनमा पेट्रोलको प्रयोगलाई विस्थापित गर्दै विद्युतीय प्रयोगलाई अभिवृद्धि गर्न ह्वाइट लोटस मोटर्सले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्