सुदूरपश्चिम प्रदेशमा कांग्रेसका रावल सभामुखको उम्मेदवार



धनगढी । नेपाली कांग्रेस नेता मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले सभामुखमा उम्मेदवारी दिएका हुन् ।

रावलका प्रस्तावक पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् । कांग्रेसले केन्द्रमा सत्ता गुमाएसँगै प्रतिपक्षी दल बनेको छ । त्यसरी नै कांग्रेस प्रदेशमा पनि प्रतिपक्षीमै रहनेछ ।

केन्द्रमा एमाले–माओवादी लगायतका दलहरुको गठबन्धन सरकार बनेसँगै सुदूरपश्चिममा सत्तारूढ दल एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार सभामुख माओवादीले पाउने छ ।

प्रतिक्रिया दिनुहोस्