चाँदी भन्दै झुक्काएर सेतो धातु बेच्ने दुई जना पक्राउ



मोरङ । चाँदी जस्तो देखिने सेतो धातु (तामा) बिक्री गरी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) दिउँसो ती अभियुक्तलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय विराटचोकले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने सुनचाँदीको गहना बनाउने कालिगढ २४ वर्षीय नवीन बिक र सोही ठाउँ बस्ने १९ वर्षीय आयुष बिक रहेका छन् ।

सुन्दरहरैचा नगरपालिका–९ स्थित बलबहादुर श्रेष्ठको ओम सुनचाँदी पसलमा गत पुस १३ गते उनीहरूले ६ हजार रूपैयाँमा चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरेकोमा उक्त धातु पगाल्दा चाँदी नभई तामा जस्तो धातु भएको खुल्न आएको थियो ।

उनीहरूले पुनः सेतो चाँदी रंगको धातु लिएर सोही पसलमा आई ठगी गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले दुवै जनालाई चाँदी जस्तो देखिने धातुका टुक्राहरूसहित फेला पारी पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्