१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



ललितपुर । ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) बिहान ती युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने २८ वर्षीय सुरेन्द्रबहादुर राई रहेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

राईले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्