फाइनल खेल शुरु भएसँगै विश्वकपमा मेस्सीको अर्को कीर्तिमान



काठमाडौँ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका हुन् ।

मेस्सीको यो विश्वकपमा २६ औं खेल हो ।

कतारमा जारी विश्वकपको फाइनल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुआती-११ मा पर्दै मेस्सीले उनको कीर्तिमान भङ्ग गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्