यी हुन प्रतिनिधिसभाका ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद् (नामावलीसहित)



काठमाडौं । 

आमनिर्वाचन २०७९ को अन्तिम नतिजा सार्वजनिक भएसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । निर्वाचनको तथ्यांकअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका ४४ जना उम्मेदवार निर्वाचित भएका छन्  भने ७१ वर्षदेखि ८५ वर्ष सम्मका १३ जना सांसद निर्वाचित भएका छन् । यस आमनिर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।

५७ सिट जितेको कांग्रेसमा २० जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद छन् । यस्तै ४४ सिट जितेको नेकपा एमालेमा १२ जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद रहेका छन् ।  १८ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रमा एक जना मात्र उक्त उमेर सामूहका सांसद छन् भने, नेकपा एकीकृत समाजवादीमा ४ जना, जसपामा १, राप्रपामा ३ सांसद सो उमेर समूहका छन् । यस्तै जसपामा एक, लाेसपामा एक, नेमकिपामा एक र एक जना स्वतन्त्र सांसद उक्त उमेर समूहका छन् ।

यी हुन् ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद

नेपाली कांग्रेस

१. ज्ञानेन्द्र बहादुर कार्की –  ६५ वर्ष
२. दिनेश कुमार उादव  – ६१ वर्ष
३. महेन्द्र कुमार राय – ६३ वर्ष
४. रमेश रिजाल – ६५ वर्ष
५. रामनाथ अधिकारी – ६१ वर्ष
६. प्रकाशमान सिंह – ६६ वर्ष
७. सन्तोष चालिसे – ६४ वर्ष
८. राजेन्द्र कुमार केसी – ६४ वर्ष
९. मोहन बहादुर बस्ने – ६७ वर्ष
१०. शशांक कोइराला – ६४ वर्ष
११. चन्द्रकान्त भण्डारी – ६१ वर्ष
१२. सुरेन्द्रराज आचार्य – ६४ वर्ष
१३. विनोदकुमार चौधरी – ६७ वर्ष
१४. दिक्पाल कुमार शाही – ६१ वर्ष
१५. पर्णबहादुर खड्का – ६६ वर्ष
१६. हृदयराम थानी  – ६२  वर्ष
१७. पुष्प बहादुर शाह  – ६१ वर्ष
१८. डिल्लीराज पन्त – ६६ वर्ष
१९. दिलेन्द्र प्रसाद बडू – ६८ वर्ष
२०. टेक बहादुर गुरुङ  – ६७ वर्ष

नेकपा एमाले

१. महेश बस्नेत – ६२ वर्ष
२. सुवास चन्द्र नेम्वाङ – ६९ वर्ष
३.देवँज घिमिरे – ६६ वर्ष
४. केपी शर्मा ओली – ७० वर्ष
५. भीमप्रसाद आचार्य – ६३ वर्ष
६. राम शंकर यादव – ६१ वर्ष
७. लिलानाथ अधिकारी – ६५ वर्ष
८. रघुवीर महासेठ – ६१ वर्ष
९. कृष्णगोपाल श्रेष्ठ – ६४ वर्ष
१०. पृथ्वी सुब्बा गुरुङ – ६४ वर्ष
११. विष्णुप्रसाद पौडेल – ६२ वर्ष
१२ बलराम अधिकारी – ६२ वर्ष

नेकपा माओवादी केन्द्र 

१. पुष्पकमल दाहाल प्रचण्ड – ६६ वर्ष

नेकपा एकीकृत समाजवादी

१.माधव कुमार नेपाल – ६९ वर्ष
२. राजेन्द्र प्रसाद पाण्डे – ६६ वर्ष
३. अम्मर बहादुर थापा – ६५ वर्ष
४. भानुभक्त जोशी – ६३ वर्ष

जनता समाजवादी पार्टी, नेपाल

१. अशोक कुमार राई – ६५ वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. दीपक बहादुर सिंह – ६१  वर्ष
२. विक्रम पाण्डे – ६९ वर्ष
३. धवलशमशेर जबरा – ६१ वर्ष

लोकतान्त्रिक समाजवादी पार्टी 

१. शरतसिंह भण्डारी-  ६८ वर्ष

नेपाल मजदुर किसान पार्टी

१. प्रेम सुवाल – ६२ वर्ष

स्वतन्त्र

१. लालवीर चौधरी – ६७ वर्ष

प्रतिक्रिया दिनुहोस्