दोलखाबाट नेकपा माओवादीका गंगा कार्की निर्वाचित


काठमाडौं ।

दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्

एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।  कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।