स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङको फराकिलो अग्रता, एमालेकी पद्मा अर्याल पछ्याउँदै



स्याङ्जा । स्याङजा–२ मा सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले शुरुवातदेखि नै अग्रता कायम राखेका छन् । उनका निकटम् प्रतिस्पर्धी नेकपा (एमाले)की उम्मेदवार पद्मा अर्यालले पछ्याइरहेकी छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवारले गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत प्राप्त गरेकी छन् ।

कांग्रेसका गुरुङ एमालेकी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्