भक्तपुरमा कार र माेटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


काठमाडाैं ।

भक्तपुरमा कार र माेटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार सल्लाघारीमा माेटरसाइकल र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको हाे ।

कोटेश्वरबाट सल्लाघारी जाँदै गरेकाे बा ६ च ८१५ नम्बरको कारले बा २८ प ७३९२ नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा चालककाे मृत्यु भएकाे भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए  ।

‘बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो’, उनले भने । चालकलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।