मतदाताको खरिद बिक्रीले लोकतन्त्र संकटमा : झाँक्री



बुटवल । नेकपा (एकीकृत समाजवादी)की सचिव राम कुमारी झाँकीले मतदातको खरिद बिक्रीले लोकतन्त्र संकटमा परेको बताउनु भयो । आज (शनिबार) वाम लोकतान्त्रिक गठबन्धन गुल्मी क्षेत्र नम्बर २ रुपन्देही समन्वय समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार परिचयात्मक तथा प्रचारप्रसार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउँनु भएको हो ।

गठबन्धनबाट प्रतिनिधिसभाकी उम्मेदवार झाँकीले आफुसँग प्रतिष्पर्धामा उत्रिएका उम्मेदवार प्रतिगमनका मतियार भएको टिप्पणी गर्नुभयो ।

गुल्मी निर्वाचन क्षेत्र नं. २ का नेकपा (एमाले)बाट उम्मेदवार बन्नु भएका गोकर्ण विष्टप्रति लक्षित गदै व्यवस्था र प्रणालीलाई ख्याल नराखी व्यक्तिगत स्वार्थमा केन्द्रित भएर मतदातालाई माल वस्तुको हिसाबले लिने जुन अवस्था देखियो यो लोकतन्त्रमा डरलाग्दो अवस्था हो, झाँक्रीले भन्नुभयो ।

लोकतन्त्रको रक्षा र प्रतिगमनवाट राष्ट्रलाई बचाउनका लागि सामुहिक अठौट जरुरी रहेको उहाँले बताउनु भयो । झाँकीले पहाडी जिल्लाहरुमा हचुवाको भरमा सडकहरु बनाउने तर आवश्यकताको पहिचान नगर्दा समस्या हुने गरेको भन्दै राष्ट्रिय राजमार्ग, पहुचमार्ग, ग्रामीण कृषि तथा पालिका केन्द्रसम्म जाने सडकको वर्गीकरण गरेर काम गरेमा प्रत्येक मान्छेको आकांक्षा र सुविधालाई सम्बोध गर्न सकिने धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्