विवादित पात्रलाई टिकट दिँदा एमाले निल हुने खतरा : ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत सिट जितेर सरकारको नेतृत्व गर्ने महत्वाकांक्षामा जसपा, राप्रपादेखि कमल थापा र स्वतन्त्रलाई समेत समेटेर निर्वाचनमा होमिएको एमाले गलत सूचना र विवादित पात्रलाई टिकट दिँदा धादिङमा जित सुनिश्चित भएको प्रतिनिधि सभा र प्रदेश सभा गुमाउने अवस्थामा पुगेको बताएका छन् ।

पार्टीका प्रभावशाली नेता नेत्रराज पौडेल प्रदेश सभा १(१) मा स्वतन्त्र उम्मेदवारी दिएर संस्थापक नेता देखि स्थानीय स्तरमा राम्रो पकड भएका कार्यकर्ता लिएर गाउँ पसेपछि आधिकारिक उम्मेदवार रमेश आचार्यले अभियान चलाइदिने कार्यकर्ता समेत पाएका छैनन् ।

उनी मत माग्न प्रतिनिधिसभाका उम्मेदवार भूमि त्रिपाठीको साथ लागेर गाउँ जानु पर्ने अवस्थामा पुगेका छन् । पार्टी कै नेता भनेर साथमा रहे पनि गाउँ डुलाउने सम्मको काम त गरिदिन्छ तर पछि पछि कुरो उही हो भन्दै मतदातालाई विवेक प्रयोग गर्नु भन्ने किसिमले स्वतन्त्र पट्टी नै संकेत गरिदिन्छन् ।

रमेश यो कुराको जानकार नभएका हैनन् । उनका लागि आधिकारिक टिकट निल्नु न ओकल्नुको अवस्थामा पुगेको छ । पार्टीको अभियानमै भएका नेता भेट्दा पनि सकारात्मक टिप्पणी नपाउँदा उनी विक्षिप्त अवस्थामा पुगेका छन् । उनले उम्मेदवार हुने आफ्नो चाहना नभई माथिबाट पार्टीले दिएका सहयोग गर्न याचना गरिरहेका छन् । तर उनको यो अवस्था बुझेका नेताहरू आफै बालकोट पुगेर निष्क्रिय गराउन सुझाव दिँदै आएका छन् । उनी आफू मात्र जाँदा भविष्यमा नेताहरूको हेर्ने दृष्टिकोण फरक पर्ने भन्दै माध्यम बनेर उद्धार गरिदिन हार गुहार गरिरहेका छन् ।

प्रदेश सभामा आकांक्षा नै नगरेका आचार्यले टिकट लिन राष्ट्रपतिको समेत दुरुपयोग गरेको खुल्न आएको छ । महासचिव शंकर पोखरेलले निष्क्रिय बसेका पौडेललाई चुनावमा उठाउनकै लागि पार्टी कार्यालय च्यासल बोलाएर लामो छलफल गरी सक्रिय गराएका थिए । शंकर र विष्णु रिमालकै आग्रहमा सक्रिय हुन तयार भएका पौडेल पार्टीमा आए पनि उम्मेदवार हुन चाहेका थिएनन् ।

नेत्रलाई सम्झाउने क्रममा पोखरेलले अघिल्लो पटक पनि अन्यायमा परेको ग्राउन्डमा लोकप्रिय रहेकाले तपाईँ उठ्दा पार्टीलाई सहयोग पुग्ने भएर बोलाएको भन्दै यसपालि न्याय दिलाउने बचन दिएका थिए । पोखरेलको आग्रह बमोजिम नै पार्टीमा सक्रिय भएर उम्मेदवार छनोट प्रक्रियामा सामेल भएका पौडेललाई पार्टीको तल्लो कमिटीले एक नम्बरमा सिफारिस गरेर पठाएको थियो । सिफारिस गर्ने अन्तिम निकाय पार्टीको बागमती प्रदेश कमिटीले समेत एक नम्बरमा सिफारिस गरेर पठाएको नाम कुनै नआई बाहिरबाट फुत्त आएपछि प्रदेश कमिटीका नेताहरू समेत चकित परेका थिए ।

निर्णय बाहिर आएपछि सच्याउन दबाब दिन बालकोट पुगेका एमाले संस्थापक नेता जगन्नाथ नेपाल सहित सो क्षेत्रका नेतालाई पार्टी अध्यक्ष ओलीले नागढुंगाबाट दूरबिन लगाएर हेरेको छु धादिङमा कुनै समस्या छैन सबै हराभरा छ भनेर पार्टी निर्णय मान्न आग्रह गरेका थिए ।

छोटो कुरा गरेर जसपा सँग वार्तामा बसेका ओलीले निर्णय नसच्चिएसम्म बालकोट नछाड्ने भन्दै अड्डी कसेर बसेका नेताहरूसँग कुरा गर्न बिहान चार बजे महासचिव पोखरेललाई पठाएका थिए । पोखरेलले धादिङको विषयमा आफू जानकार भए पनि पार्टीले गरेको निर्णय मान्नु पर्ने भन्दै सम्झाउने कोसिस गरे । नेत्रलाई किन बोलाएर यसो गरियो भन्दै निर्णय नमान्ने भनेर प्रतिप्रश्नमा उत्रिएका कार्यकर्तालाई साम्य पार्न महासचिव पोखरेलले निर्णय आफ्नो बसमा नरहेको संकेत गरेका थिए ।

महासचिवको चित्त बुझ्दो जवाफ नपाएपछि बालकोटबाट फर्किएको जगन्नाथ नेत्रको टोली स्वतन्त्र उम्मेदवारी दिएर नेत्र जिताउने अभियान खटिएको छ । ४० वर्षदेखि समन्वयकारी नेताको छवि बनाएका पौडेल कुनै विवादमा तानिएका छैनन् । आठ वर्ष मावि स्थायी जागिर छाडेर २०५४ मा जिविस सदस्य भएका पौडेल त्यसपछि संसदीय मोर्चाको नेतृत्व गर्न पाएका छैनन् । नेकपा एक हुँदा जिल्ला अध्यक्ष रहेका हुनी पार्टी फुटमा असन्तुष्ट बनेर निष्क्रिय बसेका थिए ।

एमालेमै रहँदा पनि सबै पार्टीसँग समदारी कायम गरी समन्वयकारी नेताको छवि बनाएका पौडेल एकीकृत कम्युनिस्ट पार्टीको जिल्ला अध्यक्ष हुँदा माओवादी केन्द्र र नेकपा समाजवादीका नेता कार्यकर्ताले नजिकबाट चिन्ने मौका पाएका थिए । बौद्धिक, इमानदार, त्याग, स्वच्छ छवि र योजना निर्माणमा दखल भएका नेता भएकाले सबै कम्युनिस्टले पौडेललाई साथ दिएका छन् । गठबन्धनका कारण बाहिर खुल्न नमिलेपछि पौडेललाई आन्तरिक वातावरण तयार गर्न कांग्रेस कम्युनिस्ट केही नभनी लागेका छन् । तर उनीहरू बाहिर देखिन र बोल्न भने चाहँदैनन् ।

नेत्रको लोकप्रियता र प्रभावशाली नेता कार्यकर्ताको साथले दिनदिनै आकर्षण बढिरहेको थाहा पाएपछि एमाले बागमतीका नेताहरू समेत धादिङलाई ध्यान दिन आग्रह गर्दै बालकोट धाइरहेका छन् । सह इन्चार्ज आनन्द पोखरेल र प्रदेश अध्यक्ष केशव पाण्डे बालकोट पुगेर धादिङको बारेमा अवगत गराएका छन् । सुरुमा टिकट दिँदा जे अपेक्षा थियो त्यसको विपरीत नतिजा देखिन थालेपछि ओली स्वयं निर्णय पुनर्विचार गर्नेमा पुगेको स्रोतले बताएको छ  । प्रदेशमा एक नबनाउने हो भो प्रतिनिधिसभा समेत अप्ठ्यारोमा परेको प्रदेशको रिपोर्टिङ पछि ओलीले चार दिन झापा बसेर फर्केपछि धादिङको व्यवस्थापनमा ध्यान दिने आश्वासन दिएका छन् स्रोतले भन्यो ।

टिकट सिफारिस गर्दा नेत्रको कमजोर पक्ष र रमेशको सबल पक्ष हाई लाइट गरेर टिकट हत्याएको जिल्ला इन्चार्ज समेत रहेका क्षेत्र नम्बर २ का उम्मेदवार यो केश सल्टाउन चाहिरहेका छैनन् । आफ्नो क्षेत्र गठबन्धनसँग निकै कमजोर रहेको र दक्षिणी क्षेत्र एक्लै बलियो भएपछि उनकै डिजाइनमा विवादित पात्र खडा गरी अप्ठ्यारो बनाउने काम लोहनीकै रहेको प्रदेशका नेताहरूको बुझाई छ । यतिसम्म कि रमेशको टिकटको लागि राष्ट्रपतिको समेत दुरुपयोग भएको रहस्य खुल्न थालेको छ ।

राष्ट्रपतिकोमा जाँदा आरोप पत्र र दर्जनौँ कृत्रिम युवा लगेर सोही क्षेत्रका युवा कार्यकर्ता भनी भ्रम सिर्जना गरी प्रभावित पारेको समेत खुल्न आएको छ । महासचिव पोखरेलले आफ्नो काबुभन्दा बाहिरको अवस्था भन्दै फिर्ता लिन आग्रह गर्नुले पनि सो कुराको पुष्टि गर्छ । नेतृत्वलाई गलत सूचना दिएर प्रभावित गरेको रहस्य खुल्न थालेपछि आचार्य र लोहनी तनावमा छन् । निर्वाचन सकिएपछि जिल्ला कमिटी विघटन हुने र आफू अध्यक्ष बन्ने भन्दै आचार्यले पौडेललाई सघाएका कार्यकर्तालाई धम्क्याउने गरेका छन् ।

गलत सूचना दिएर प्रभावित गर्दै पावरको दुरुपयोग गर्न थालेको प्रमाण सहित रिपोट बालकोट पुगेपछि उनीहरू सशङ्कित बनेका आचार्यका समर्थक स्वयंम मिलाउनका लागि छाड्न खोजेको हल्ला चलाउन थालेका छन् । झापाबाट फर्किएपछि सेफ ल्यान्डिङ गराउन खोजेका ओली पछिल्लो सूचनाले एक्सनमा उत्रने अवस्थामा पुग्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्