यसपटक ललितपुरका मतदाता उत्साही भएका छन् : अमृत खड्का



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले सो पटक ललितपुरका मतदाता निकै उत्साही भएका बताए ।

आफूले देशको राजनीति राम्रोसँग बुझेकाले उक्त क्षेत्रका जनता निकै खुशी भइरहेका उनको भनाइ छ । १५ वर्षको उमेरदेखि राजनीति सुरु गरेको र २३ वर्षको उमेरमा तत्कालीन सैबु गाउँ विकास समितिको अध्यक्ष हुँदै आसन्न निर्वाचनमा प्रतिनिधिको उम्मेदवार हुन पाउँदा सो स्थानका मतदाता निकै खुशी भइरहेको उनको भनाई छ ।

मैले दुई दशक अघिदेखि च्याउ खेतीसँगै नेपाली हस्तकलाको उत्पादन र बजारीकरणक, नेपाली कृषि बस्तुको अन्तरराष्ट्रिय बजार र आधुनिक खेती प्रणाली, वन पैदावार, काष्ठ तथा गैर काष्ठ उत्पादनको उपयोग गरी थुप्रै मानिसका लागि रोजगारी सिर्जना गरेको बताए ।

नेपालको अत्पादन सामथरत , नेपालको निर्यात वृद्धि, औधोगिकीकरण तथा देशका अन्य विकासका क्षेत्रहरुमा गहिरो अध्ययन गर्न प्रर्याप्त समय पाएका थिए ।

अध्ययनको कारण उनले त्यसलाई राम्रोसँग उपयोग गरे । अबको निर्वाचनबाट जनताले निर्वाचित गरेपश्चात यहाँको ज्ञान, सिप, दक्षता र अनुभवनले नेपालको अहिलेको दयनीय आर्थिक अवस्था, रोजगारीको कमी , उद्योगहरुको विकास हुन नसकेको अवस्थालाई समेत नतिजामुखि योगदान गर्न सक्ने उम्मेदवार रुपमा उनलाई चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्