डियाज डिसेम्बरसम्म मैदान बाहिर



लन्डन, (एजेन्सी)  ।

इंग्लिस क्लब लिभरपुलका फरवार्ड लुइस डियाज आगामी डिसेम्बरसम्म मैदानबाहिर रहने भएका छन् । घुँडाको चोटको कारण उनी डिसेम्बरसम्म मैदानबाहिर रहने भएका हुन् ।

इंग्लिस प्रिमियर लिगकै अर्को क्लब चेल्सीका मिडफिल्डर एनगोलो कान्टेले पनि च्याम्पियन्स लिगमा एसी मिलानविरुद्धको खेल गुमाउने भएका छन् । च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत चेल्सीले मंगलबार राति मिलानको सामना गर्नेछ ।

३१ वर्षीय कान्टेले प्रशिक्षणको दौरान चोट बोकेका थिए । तर, ह्यामस्ट्रिङमा चोट लागेपछि उनी इटाली गएका छैनन् । फ्रान्सको विश्वकप विजेताले १४ अगस्टमा टोटेनहेमविरुद्धको खेलपछि खेलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्