सन्दीप अदालतमा



काठमाडौं ।

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।
सन्दीपलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

जबकि, अनुसन्धानमा रहेको प्रहरीको टोलीले १० दिनको लागि म्याद थप गर्न माग गरेको थियो । सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएअनुसार असोज २० गतेदेखि लागू हुनेगरी हिरासतमा राख्न जिल्ला अदालतको आदेश रहेको छ ।

अधिवक्ता घिमिरेका अनुसार सन्दीपले अदालतसमक्ष युवती नाबालिका नरहेको पनि दाबी गरेका छन् । ‘सन्दीपले विस्तृत रुपमा आफू निर्दोष रहेको कुरा भन्नुभएको छ । न्यायाधीशसमक्ष घटनाक्रम सिलसिलाबद्ध रूपमा प्रस्तुत गर्दा के भएको हो भन्ने धारणा राख्नुभयो,’ घिमिरेले भने, ‘सन्दीप आफू कन्फिडेन्ट हुनुहुन्छ । निर्दोष रहेको बताउनुभएको छ ।

भदौ २१ गते सन्दीपविरुद्ध बलात्कार आरोपको उजुरी परेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेको झन्डै एक महिनापछि गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्