गढीले जित्यो महिला भलिबल उपाधि



हेटौंडा, (नेस)  ।

मकवानपुरगढी गाउ“पालिकाले मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । हेटौंडा–४, हुप्रचौरमा भएको फाइनलमा बकैया गाउँपालिकालाई २५–१५, २५–१९, २५–१३ को सोझो सेटमा पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो ।

मकवानपुरगढीकी सुष्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित हु“दा गढीकै सञ्चमाया स्यांतान उत्कृष्ट स्पाइकर र रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित भइन् । मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्यांतान र बकैया गाउँपालिकाकी दीपिका कार्की उदीयमान खेलाडी घोषित भए ।

विजेता मकवानपुरगढीले ५० हजार र उपविजेता बकैयाले ३० हजार रुपियाँ पुरस्कार पाएका छन् । विजेतालाई हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले पुरस्कृत गरिन् । प्रतियोगितामा ७ टिमले भाग लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्