सञ्जीव र सन्जितलाई दोहोरो पदक


काठमाडौं । 

नेपालका सञ्जीव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन् ।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा ८.३ अंक जोड्दै सन्जिव पहिलो भएको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।

पोल्यान्ड दोश्रो तथा जर्मनी तेश्रो भए । सञ्जीवले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि चेक रिपब्लिकका खेलाडीलाई हराउदै कांस्य जिते ।त्यस्तै, भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा ९.२ अंक हासिल गर्दै स्वर्ण जिते । ट्रेडिसनल फम्समा सन्जितले थप १ कांस्य हात पारे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।