जुरेलीद्वारा भारतीय रेस्लर पराजित 



काठमाडौं । 

नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जनाएकी छन् ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटीमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए । सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए ।

पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् । एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित ५, अमेरिकाबाट १ तथा भारत र पाकिस्तानबाट २–२ गरी १० रेस्लर सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्