क्यानडामा दिनदहाडै प्रहरी अधिकारी मारिए


एजेन्सी ।

चक्कु प्रहारबाट दश जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठूलो शहर टोरोन्टोमा एक जना प्रहरी अधिकारीको गोली प्रहारबाट मारिएका छन् ।

गोली प्रहार गरेको आरोपको एकजना सन्दिग्धलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा घाइते भएका अन्य दुईजनालाई अस्पताल भर्ना गरिएको छ । घाइतेको परिचय खुलाइएको छैन ।

सशस्त्र आक्रमणकारीबाट जोगिन प्रहरीले सर्वसाधारणलाई चेतावनीयुक्त सूचना जारी गरेको छ।प्रहरीले आक्रमणकारीहरूको खोजी तथा घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।