बैकुण्ठ मानन्धर दौड शनिबार



काठमाडौं । 

शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता शनिबार हुने भएको छ ।

दौडमा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका महासचिव नरेशकुमार मल्लले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमध्ये विभिन्न ७५ विद्यालयबाट २ खेलाडीले नाम दर्ता गराइ सकेको आयोजकले जनाएको छ ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । सोही प्रतियोगिताका दौरान भेट्रान धावकहरूको पनि दौड सञ्चालन गरिनेछ ।

संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानांगले भविष्यमा बैकुण्ठ मानन्धर जस्ता कीर्तिमानी धावक उत्पादन गर्ने उद्देश्यले पहिलोपटक दौडको सुरूआत गरिएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरू भई विभिन्न भागको परिक्रममा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

प्रतिक्रिया दिनुहोस्