स्वियाटेकले यूएस ओपन जितिन्



न्युयोर्क, (एजेन्सी) । 

विश्व नम्बर एक आइगा स्वियाटेकले यूएस ओपनमा पहिलोपटक उपाधि जितेकी छन् । पोलिस खेलाडीको यो करियरको तेस्रो तथा यस वर्षको दोस्रो ग्रान्डस्लाम उपाधि हो ।

२१ वर्षीया स्वियाटेकले ट्युनिसियाकी ओन्स जाबेउरलाई हराएर महिला सिंगल्स उपाधि जितेकी हुन् । जाबेउरको यो लगातार दोस्रो ग्रान्डस्लाम फाइनलमा हार हो । यसअघि, उनी विम्बल्डन फाइनलमा पराजित भएकी थिइन् । स्वियाटेकले यस वर्ष दुई वटा ग्रान्डस्लाम उपाधि फ्रेन्च ओपन र यूएस ओपनको रूपमा जितिन् ।

उनले पहिलो ग्रान्डस्लाम उपाधि फ्रेन्च ओपन २०२० मा जितेकी थिइन् । यही वर्ष अस्टे«लियन ओपन जितेपछि एस्ली बार्टीले मार्चमा टेनिसबाट संन्यास लिएकी थिइन् । उनको अनुपस्थितमा स्वियाटेकले लगातार ३७ खेलमा जित पनि हासिल गरिन् । साथै उनी यस वर्ष दुईवटा ग्रान्डस्लाम जित्न पनि सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्