राजर्षि गुरुकुल पौडीमा रक हाउस प्रथम



भक्तपुर । 

राजर्षि गुरूकूलले आयोजना गरेको पौडी प्रतियोगितामा रक हाउस प्रथम भएको छ । भक्तपुरको सल्लाघारीस्थित सो स्कुलले अन्तर सदनात्मक रुपमा गरेको पौडी प्रतियोगितामा रक हाउस प्रथम भएको हो । त्यसका लागि सो हाउसले कुल २३ पदक तथा ट्रफी हात पारेको थियो ।

शैक्षिक मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत अब्बल सो स्क’लको अन्तर सदनव्यापी स्विमिङ प्रतियोगितामा रक हाउस, वाटर हाउस, सन हाउस र ट्रि हाउसमा आवद्ध कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । स्पर्धामा रक हाउसका विद्यार्थीले ९ स्वर्ण, ८ रजत र ७ काश्यपदकसहित कूल २३ पदक हासिल गरेका थिए । वाटर हाउसका विद्यार्थीले ७ स्वर्ण, ९ रजत र ३ काश्य पदकसहित कूल १९ पदक, सन हाउसका विद्यार्थीले ७ स्वर्ण ७ काश्य पदकसहित कुल १४ मेडल तथा ट्रि हाउसका विद्यार्थीले ४ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित कुल २२ पदक हासिल गरेका थिए ।

विद्यार्थीले हाउसगत रूपमा पाएको मेडल र मेडल अनुसारको अंकका आधारमा रक हाउस प्रथम भएको स्कुलले जनाएको छ । स्कुलका इसिए इन्चार्ज कमल खड्काले जीवन रक्षाका लागि समेत आवश्यक सीपमध्येमा पर्ने पौडीको सीप सिकाउनका लागि सो प्रतियोगिता गरिएको जानकारी दिँदै सो स्पर्धाले विद्यार्थीहरुमा स्फूर्तिका साथै आत्मविश्वास बढेको बताए । उनले आगामी दिनमा पनि पौडीलगायत अन्य खेलकुद प्रतियोगितालाई जारी राख्ने बताए ।

विद्यालयका प्रिन्सिपल लियोन श्रेष्ठले राजर्षि गुरुकुलका विद्यार्थीलाई पढाइका साथसाथै खेलकुदप्रति आर्कषण बढाउनका लागि बढाउनका लागि सो कार्यक्रम गरिएको र सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएको बताए ।
विद्यालयका निर्देशक दिनेश भुसालले पौडीका कारण विद्यार्थीमा पुग्ने फाइदाको अनुभूतिलाई प्रत्यक्ष अनुभव गराउन प्रतियोगिता उपयोगी भएको बताए । उनले खेलकुदले विद्यार्थीको मानसिक र शारीरिक क्षमता विकासमा सहयोग पु¥याउने भएकाले राजर्षि गुरुकूलले पढाइ र खेलकुदलाई सँगसँगै लगिरहेको बताए । स्कुलले खेलकुदमा लगानी समेत गरिरहेको उल्लेख गर्दै उनले खेल क्षेत्रबाट पनि देशको नाम उज्ज्वल बनाउन र भविष्य बनाउन सकिने जनाए ।
स्पर्धामा विजयी विद्यार्थीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख पौडी प्रशिक्षक शंकर कार्की, विद्यालयका संस्थापक राजेश चौधरीलगायतले मेडल, प्रमाण पत्र र ट्रफी वितरण गरेका थिए । उनीहरूले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अनिवार्य बन्दै गएको उल्लेख गर्दै शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि स्कुलहरूले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्