महिला साफ च्याम्पियनसिपः भुटान र श्रीलंका भिड्दै



काठमाडौं ।

साफ महिला च्याम्पियनसिपमा शक्रबार श्रीलंका र भटानबाीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ ।

श्रीलंकासँग पाँचौंपटक भेट हुँदै गर्दा भुटान पहिलो जितको खोजीमा छ । प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो । त्यसैले दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न भुटानलाई श्रीलंकामाथि जितको विकल्प छैन । श्रीलंकालाई भने बराबरीले पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम रहन्छ ।

श्रीलंकाले दोस्रो खेल सोमबार नेपालविरुद्ध खेल्नेछ । भुटान पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्