ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि



काठमाडौं ।

ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।

धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा दिवस भुजेल १७ अंक योगदान गरे ।सिनियर गल्र्सको उपाधि भिडन्तमा लोरिसा गौचनको ८ अंक सहयोगमा भ्याली पब्लिकले एचएचसीएलाई २२–७ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिवस र लोरिसा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई टोखा नगरपालिकाका उप मेयर मुरारी तामाङ, केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, त्रियोगका निर्देशक अजित लामा, केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १४ गतेदेखि शुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्