बायर्न दोस्रो चरणमा



लन्डन, (एजेन्सी) ।

जर्मन फुटबलका महारथी बायर्न म्युनिख जर्मन कप (डीएफवी) पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ । तल्लो श्रेणीको भिक्टोरिया कोल्नमाथि सानदार जित निकाल्दै बायर्नले प्रतियोगिताको दोस्रो चरणमा प्रवेश पाएको हो ।

कोल्नमा बुधबार राति भएको खेलमा बायर्नले घरेलु टोली भिक्टोरिमाथि ५–० गोलअन्तरको सानदार जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो । बायर्नको सहज जितमा रायन ग्रेभेनवर्च, म्याथिज टेल, साडियो माने, जमल मुसिएला र लियोन गोरेट्जकाले समान एक–एक गोल योगदान गरे । बायर्नले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।

गोलको वर्षा भएको खेलको ३५औं मिनेटमा ग्रेभेनवर्चको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा म्याथिज टेलले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । खेलको ५३औं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । ६७औं मिनेटमा जमल मुसिएलाले तथा ८२औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्