प्रधानमन्त्री देउवाद्वारा विश्वकप ट्रफी अवलोकन



काठमाडौं । 

आईसीसी टी २० विश्वकप क्रिकेटको ट्रफी बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गर्नुभयो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवाले ट्रफीसँगै क्रिकेटरसँग तस्वीर खिचाउनु भएको थियो ।

आउँदो अक्टोबरमा टी–२० विश्वकप अस्टे«लियामा हुँदैछ । प्रतियोगिता हुन अघि विश्वकप ट्रफीलाई विभिन्न देशमा अवलोकनको लागि पु-याइरहेको छ ।बुधबार नै विश्वकप ट्रफी भक्तपुर दरबारमा पु-याइएको नेपाल क्रिकेट संघले जनायो । अघिल्लो दिन ट्रफी चन्द्रागिरिमा पु-याएको थियो । यो ट्रफी १३ देशका ३५ स्थानमा पु¥याउने लक्ष्य रहेको छ । टी–२० विश्वकप ट्रफी नेपालमा पहिलोपटक अवलोकनको लागि ल्याइएको हो ।

जबकि, एकदिवसीय विश्वकप ट्रफी ४ वर्षअघि नेपालमा ल्याइएको थियो । टी–२० विश्वकप ट्रफीको भ्रमण यही वर्ष जुलाई ८ देखि अस्टे«लियाको मेलबर्नबाट शुरु भएको हो । यसपालि टी–२० विश्वकप १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्टे«लियाका विभिन्न सहरहरूमा सञ्चालन हुनेछ । अस्टे«लियासहित भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका प्रतियोगितामा स्वतः छनोट भएका टोली हुन् ।

तर, शीर्ष आठभन्दा बाहिर परेका टेस्ट खेल्ने तीन टोली श्रीलंका, वेस्ट इन्डिज र जिम्बावेले भने पहिलो चरणको छनोट खेल खेल्नु परेका छन् । अन्यमा आयरल्यान्ड, यूएई, नामिबिया, नेदरल्यान्डस् र स्कटल्यान्डले सुपर १२ मा पुग्न प्रतिस्पर्धा गर्नेछन् । अस्टे«लिया डिफेन्डिङ च्याम्पियन टोली हो ।

प्रतिक्रिया दिनुहोस्