लेइप्जिगको सानदार जित



लन्डन, (एजेन्सी) । 

डिएफबी पोकल अर्थात् जर्मन कप फुटबलमा आरबी लेइप्जिगले सानदार जित निकालेको छ । जर्मन फरवार्ड टिमो वेर्नरको ह्याट्रिक मद्दतमा आरबी लेइप्जिगले जर्मन कपको पहिलो राउन्डमा सानदार जित निकालेको हो ।

लेइप्जिगले तल्लो डिभिजनको टिउटोनिया ओटेन्सेनमाथि ८–० को फराकिलो गोलअन्तरको जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो । लेइप्जिगको ह्याट्रिकसँगै आन्द्रे सिल्भाले दुई तथा इमिल फोर्सवर्ग, क्रिस्टोफोर एनकुकु र ड्यानियल ओल्मोले समान एक गोल गरे । रेड बुल एरिना लेइप्जिगमा मंगलबार राति गोलको वर्षा भएको खेलमा लेइप्जिगले खेलको १९औं मिनेटमा वेर्नरको गोलबाट अग्रता लिएको थियो । २०औं मिनेटमा वेर्नरकै गोलबाट लेइप्जिगले खेलमा अग्रता दोब्बर बनायो ।

खेलको ४०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लेइप्जिगलाई ३–० ले अघि बढाए । यसै समरमा प्रिमियर लिग क्लब चेल्सीबाट लेइप्जिग फर्किएका वेर्नरले ४२औं मिनेटमा वेर्नरले ह्याट्रिक पूरा गरेपछि टोली पहिलो हाफमा ४–० ले अघि बढ्यो । दोस्रो हाफमा लाइप्जिगले थप चार गोल गर्दै टोलीको फराकिलो जित सुनिश्चित गरे ।

त्यसैगरी, ५३औं मिनेटमा आन्द्रे सिल्भाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । त्यसपछि ५६औं मिनेटमा इमिल फोर्सवर्ग, ७७औं मिनेटमा क्रिस्टोफोर एनकुकु र ९०औं मिनेटमा ड्यानियल ओल्मोले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्