एमआईएस युरो कपको सेमिफाइनलमा 



काठमाडौं । 

मोडर्न इन्डियन स्कूल (एमआईएस) जारी युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइज विधामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
युरो स्कलको प्रांगनमा भएको क्वार्टरफाइनल खेलमा एमआईएसले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई ३८–३२ अंकले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

एमआईएसको जितमा आयुश राईले १४ स्कोर गरे । ब्वाइजकैं अर्को खेलमा सेन्ट जेभियर्सले अक्षरालाई ३६–१८ र सेबले विल्सनलाई ३९–२९ ले पाखा लगाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे । सेन्ट जेभियर्सका शुभम् र मोहितले १४–१४ अंक बटुले ।

गल्र्सतर्फ भने एमआईएसको यात्रा अन्तिम आठमै टुंगियो । आयोजक युरो स्कुल युरोले एमआईएसलाई २५–१३ ले पराजित ग¥यो । युरोको जितमा साना दीपकले १० स्कोर गरिन् । गल्र्समै बीआईएसले विद्या संस्कारलाई २०–१२, काष्ठमण्डपले संस्कृतिलाई १२–८ र दीक्षालयले साम्तेनलाई २४–१२ ले हराउँदै अन्तिम चारमा पुगे । बीआईएसकी डिकी र सब्रिनाले ५–५, काष्ठमण्डपकी आस्नाले ४ र दीक्षालयकी पेम्बा शेर्पाले २० अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्