काभानी भ्यालेन्सिया अनुबन्धित



लन्डन, (एजेन्सी) ।

स्पेनिस क्लब भ्यालेन्सियाले पनि उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीलाई अनुबन्ध गरेको छ । म्यानचेस्टर युनाईटेडका स्ट्राइकर काभानीलाई भ्यालेन्सियाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । काभानीले भ्यालेन्सियासँग दुई वर्षको सम्झौता गर्न मौखिक सहमति जनाएको बताईएको छ ।

सम्झौताका लागि काभानी सोमबार नै भ्यालेन्सिया जाने पुगेको थियो । उनले प्रतिसिजन २ मिलियन पाउन्ड पाउने बताइएको छ । युनाईटेडसँग काभानीको सम्झौता २०२२ को जुनसम्म रहेको थियो । उरुग्वेका ३५ वर्षीय स्ट्राइकर २०२० मा फ्रेन्च क्लब पीएसजीबाट युनाईटेड आएका थिए ।

काभानीले म्यानचेस्टर युनाइटेडमा दुई सिजन बिताउँदा ५९ खेलमा १९ गोल गर्न सफल भए । त्यसपछि उनी फ्रि एजेन्ट बनेका थिए । युनाइटेड आउनुअघि उनले सात सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा बिताएका थिए । पिएसजीको सर्वाधिक गोलकर्ता रहेका काभानीले ३ सय एक खेलमा दुई सय गोल गरेका थिए ।

उरुग्वेली क्लब डानुवियोबाट व्यवसायिक खेल करिअर सुरु गरेका काभानीले पालेर्माे र नेपोलीबाट बिताएका थिए । सन् २००८ देखि उरुग्वेको टोलीमा रहेका काभानीले १ सय ३३ खेलमा ५८ गोल गरेका छन् । त्यस्तै, इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले पनि मिडफिल्डर लुकास पाक्वेटालाई अनुबन्ध गरेको छ । वेस्ट ह्यामले ब्राजिलियन मिडफिल्डरलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो ।

२५ वर्षीय मिडफिल्डरले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गरेका छन् । लुकासले वेस्ट ह्याममा ११ नम्बरको जर्सी लगाउने छन् । लुकास २०२० मा एसी मिलानबाट लियोन आएका थिए । लुकासले लियोनका लागि गत सिजन ३५ लिग वान खेलमा ९ गोल गरेका थिए । उनले ब्राजिलको लागि ३३ खेलमा सात गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्