स-यो म्याराथन, कोर्ष अन्तराष्ट्रिय मापदण्डको हुने



बाँके ।

धारा नेपालगञ्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगञ्ज म्याराथनको नाप लिएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको प्रवेश द्वारबाट सुरु हुने नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि (बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई नेपालगञ्जमा स्वागत गर्दै सफलताको शुभकामना दिनुभयो । ‘नेपालगन्ज म्याराथनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगञ्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ’ मेयर बिष्टले भन्नुभयो,‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’

म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगञ्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफ म्याराथन, दश कलोमिटर र पाँच किलोमिटर अलग अलग सर्टिफिकेट आउने सान्डिवानले बताए । कोर्ष मापनको सुरुवाती चरणमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहि दमन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधि समेत थिए । एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।

‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु प्नि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा लिएको छु’ मेयर बिष्टले भन्नुभयो, ‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’
नेपालगञ्जम्याराथन हरेक बर्ष मंसिर महिनाको पहिलो शनिबार आयोजन ाहुने गर्दछ । यस बर्ष मंसिर ३ गते तय भइतयारी अघि बढेको थिए ।

आम निर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन साता पछि सार्दै मंसिर २४ गते शनिबार आयोजना गर्ने तयारी गरेको छ । सरकार र तत्कालीन नेकपा माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ । ‘लोकतन्त्रमा आम निर्वाचन महापर्व हो, महापर्व आममानिसको चासोको बिषय हो’ म्याराथन संस्थापक टीएस ठकुरीले भन्नुभयो,‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्