भारत नोयडाका ट्वीन टावर भत्काइयाे (भिडियाेसहित)



काठमाडौं ।

भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर अग्ला भवन सुरक्षित रुपमा भत्काइएको छ ।

टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो ।

सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्