काराबाओ कपमा लेस्टर र एभर्टनको जित



लन्डन, (एजेन्सी) ।

प्रिमियर लिग क्लब लेस्टर सिटी र एभरटनले काराबाओ कप फुटबल प्रतियोगितामा जितको नतिजा आत्मसात गरेको छ ।

जितसँगै दुवै टोली प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिग टु क्लब स्टकपोर्टलाई पेनाल्टीमा ३–१ ले हराउँदै लेस्टरले तेस्रो चरणमा स्थान बनाएको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल विजेताको निर्णय टाईब्रेकरमार्फत गरिएको थियो । पेनाल्टी सुटआउटमा लेस्टरका लागि डेब्यु गरेका गोलकिपर डानिएलले तीनवटा पेनाल्टी बचाएका थिए । त्यस्तै, लेस्टरका हार्भे बर्नेस, युरी टेलीमन्स र ड्युजबरी हलले पेनाल्टीमा गोल गरे । स्टकपोर्टका रायनले मात्र गोल गरे ।

त्यसैगरी, अर्को इंग्लिस क्लब एभर्टनले पनि तेस्रो चरणमा स्थान बनाउने क्रममा फ्लिडउड टाउनलाई १–० गोलअन्तरले पराजित गरेको हो । एभर्टनको जितमा डेमिराइ ग्रेले निर्णायक गोल गरे । त्यस्तै उल्भ्स, एस्टन भिल्ला, बर्नली, साउथह्याम्पटन, बर्नेमाउथ, क्रिस्टल प्यालेस, नटिङघम फरेस्ट र ब्रेन्टफोर्डले पनि प्रतियोगिताको तेस्रो चरणमा स्थान बनाउँदा फुलहम भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

फुलहम क्रली टाउनसँग २–० गोलअन्तरले पराजित हुँदै बाहिरिएको हो । टाउनको जितमा खेलको १६औं मिनेटमा पहिलो गोल टम निकोल्सले गरेका थिए भने दोस्रो गोल जेम्स बालागिजीले खेलको ४९औं मिनेटमा गरे ।

प्रतिक्रिया दिनुहोस्