जोकोभिचले अझै लगाएनन् खोप



लन्डन  ।  

कोभिड १९ ले संसारलाई ठप्पा पारेकै हो । कोभिड महामारी यति खतरनाक छ कि मान्छे मान्छेमै दुरी बनाएर बस्नुपर्ने अवस्था आयो । संसारमा यसले कयौं व्यक्तिको ज्यान पनि लियो । कोभिडको संक्रमणविरुद्ध खोप निकालेपछि भने मान्छेहरू विस्तारै एक अर्कासँग सम्पर्कमा आउन थाले । खेलकुद पनि शुरु भयो ।

खेलकुदकै एक व्यक्तित्वले भने खोप लगाउन अहिलेसम्म मानेका छैनन् , ती हुन् सर्बियाका स्टार खेलाडी नोभाक जोकोभिच । भेरोसिल, कोभिशिल्ड, जोन्सन जस्ता खोप आए र संसारमा खोप लगाएर मान्छेहरू आफूलाई सुरक्षित महसुस भयो । खोपले गर्दा मान्छेहरूमा उर्जा थपियो, कोभिडसँग डर हरायो र नियमित काममा लाग्न थाले । संसारमा खेल प्रतियोगिता शुरु भयो, खेलाडीको व्यस्ता हुन थाल्यो । तर, जोकोभिच भने खोप लगाउन मानिरहेका छैनन् । सबैले उनको निर्णय प्रति सकारात्मक र नकारात्मक टिप्पणी गर्न थाले ।

जोकोभिचले यही वर्ष अस्टे«लियामा भएको अस्टे«लियन ओपनमा भाग लिन पाएनन् । उनी खेल्नका लागि मेलबर्न पनि पुगेका थिए । तर, अस्टे«लियाली सरकारकाले उनलाई विमानस्थलमै रोकेर हिरासतमा लियो । यो घटनाले उनलाई अस्टे«लियन ओपन खेल्नबाट वंचित गरायो । उनलाई केही दिनको हिरासतपछि सर्बियामा फर्कायो । यो घटना हुनुमा उनले कोभिडविरुद्धको खोप नलगाउनु हो । उनले यो घटना हुँदा पनि अहिलेसम्म कोभिडको खोप लगाउन तयार भएनन् ।

खोप नलिँदा बेफाइदा

हाल सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने पुरुष खेलाडीमा स्पेनका राफाल नाडाल शीर्ष स्थानमा छन् । उनले २२ ग्रान्डस्लाम उपाधि जितेका छन् । उनीपछि २१ ग्रान्डस्लाम जितेर जोकोभिच दोस्रो स्थानमा रहेका छन् । खोप नलिँदाको परिणाम जोकोभिचले अस्टे«लियन ओपनमा उपाधि जित्नसक्ने भएपनि त्यो लक्ष्यमा पुग्न सकेनन् ।

तर, हालै जुलाईमा सम्पन्न विम्बल्डन भने जितेर जोकोभिचले २१ ग्रान्डस्लाम संख्यामा पु¥याए ।
अहिले यूएस ओपन हुने मिति पनि नजिकिएको छ । अगस्ट २९ देखि न्युयोर्कमा यूएस ओपन शुरु हुँदैछ । जोकोभिचले प्रतियोगितामा भाग लिन पाउनेछन् वा छैनन् त्यसको टुंगो लागेको छैन । कोभिडविरुद्ध खोप नलगाएको हुँदा जोकोभिचको प्रवेश यूएस ओपनमा हुन नसक्ने र्संभावना बढेको छ । किनभने अक्टोबर २०२१ देखि अमेरिकाले खोप नलगाएकाहरूलाई देशमा प्रवेशमा रोक लगाएको छ ।

अमेरिकाको स्वास्थ्य विभाग रोग नियन्त्रण र रोकथाम (सीडीसी) ले गैर अमेरिकीहरूले कोभिडविरुद्धको पूर्ण खोप लिएको प्रमाण नदिएसम्म अमेरिकामा प्रवेश गर्न नपाउने कडा नियम निकालेको छ । यो नियमलाई आधार लिने हो भने जोकोभिचको लागि यूएस ओपन खेल्न सक्ने अवस्था छैन । यदि, गए पनि अस्टे«लियामा जस्तै रितो हात फर्कनुपर्ने हुनेछ ।

यसअघि पनि अमेरिकामा भएका तीन प्रतियोगिता सिनसिनाटी ओपन, मायामी र इन्डियन्स वेल्समा भएका एटीपी मास्टर्स १००० मा पनि उनले खेल्न पाएनन् । अमेरिकामा मात्रै होइन जोकोभिचको लागि अन्य देशमा पनि खेल्न वंचित गराइरहेको छ । उनले मोन्ट्रियलमा हुने रोजर्स कप पनि खेल्न पाउनेछैनन् । क्यानडा सरकारले खोप नलगाएका पर्यटकको लागि देशमा प्रवेश रोक लगाएको छ ।

गत फेबु्रवरीमा उनले बीबीसीलाई बताएका थिए-उपाधि भन्दा पनि मेरा लागि मेरो शरीर धेरै महत्व हुन्छ । तर, मैले तयारी गररहेको छु । यदि यूएस ओपन आयोजकबाट निम्तो आएमा म खेल्न तयार हुनेछु ।

खोप विरुद्ध छैन

जोकोभिचले खोप नलगाएपनि आपूm खोपविरुद्ध कुनै नकारात्मक टिप्पणी नगरेको बताए । उनले भने—पोषणयुक्त खाना, स्वास्थ्य, तन्दुरुस्त हुनु नै मेरो प्राथमिकता हुन् । मैले कोभिडविरुद्ध खोप नलगाए पनि म यसविरुद्ध कहिल्यै हुने छैन ।

प्रतिक्रिया दिनुहोस्