तत्काल बाम गठबन्धनको सम्भावना छैन : नेता भट्टराई



रामेछाप  । 

नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालिन अवस्थामा बाम एकताको संभावन नरहेको बताउनु भएको छ । आइतबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्राईले यस्तो बताउनु भएको हो । वर्तमान गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको नेता भट्टराईले बताउनु भयो ।

सामान्यतया विचार मिल्ने दलका बिच गठबन्धन हुने भए पनि अहिलेको गठबन्धन मूल्य, मान्यता र विचार नमिल्ने बिचको भएको उहाँले बताउनुभयो । अहिलेको गठबन्धन एक्लै चुनाव लड्न नसक्ने भएपछि सत्ता स्वार्थको लागि मात्र भएको उहाँको टिप्पणी थियोे ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गठबन्धन सरकारले गुमाएको बताउनुभएको छ । उहाँले फिर्ता आएको विधेयक छलफल नै नगरी पुनः राष्ट्रपतिलाई पठाएर गठबन्धन सरकारले राष्ट्रघाती काम गरेको बताउनुभयो । वैवाहिक अङ्गीकृत नागरिकलाई विना सर्त नागरिकता दिने प्रावधान विश्वका कुनै पनि मुलुकमा नभएको उहाँले प्रष्ट पार्नुभयो ।

भट्टराईले विधेयक पुनः संसद्ले राष्ट्रपतिलाई पठाइसकेकोले अब राष्ट्रपतिलाई विधेयक फिर्ता पठाउने संवैधानिक अधिकार नभएको बताउनुभयो । मङ्सिरमा हुने निर्वाचनमा एमालेको बहुमतको सरकार बन्ने र नारिकता विधेयक संशोधन गर्ने उहाँले बताउनुभयो ।

नेपालमा कमैया र हालिया प्रथा उन्मुलन भइसकेको भए पनि प्रचण्ड र माधव नेपाल भने अहिले शेरबहादुर देउवाको हली, गोठालो बस्न पुगेका उहाँले टिप्पणी गर्नुभयो । उहाँहरू शेरबहादुरका कमैया जस्तै भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्