धादिङका ३४ दलित जनप्रतिनिधि सम्मानित



धादिङ ।

नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङले धादिङबाट निर्वाचित ३४ जना दलित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
नेकपा एमालेबाट निर्वाचित दलित जनप्रतिनिधीहरुलाई शनिबार मुक्ति समाजको बैठक तथा प्रशिक्षणको अबसरमा सम्मान गरेको हो ।

“जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न, राष्ट्रिय निती निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधिको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं” भन्ने नाराका साथ नेपाल उत्पीडित जातीय मुक्ति समाजले संचालन गरेको प्रशिक्षणको अबसरमा दलित जनप्रतिनिधिहरुलाई जनताको काममा लाग्न आग्रह गरेको छ ।

नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटि धादिङका अध्यक्ष दिलबहादुर रम्तेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुक्ती समाजको केन्द्रिय सचिवालय सदस्य एवं नेकपा एमाले बागमती प्रदेश कमिटिको सदस्य कुमार वि।कको प्रमुख आतिथ्य रहेको थियो । नेकपा एमालेको भावी रणनिति, चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा नेकपा एमालेका जिल्ला तहका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनुभएको मुक्ती समाज धादिङका सचिव एवं नेकपा एमाले धादिङको लेखा आयोगका सदस्य जितबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्