नुनेस उल्भ्समा अनुबन्धित



लन्डन, (एजेन्सी) । 

इंग्लिस प्रिमियर क्लब उल्भ्सले मिडफिल्डर म्याथुएस नुनेसलाई अनुबन्ध गरेको छ । उल्भ्सले पोर्चुगिज मिडफिल्डर नुनेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको हो । उल्भ्सले क्लबको कीर्तिमानी मूल्य ४२.२ मिलियन पाउन्डमा नुनेसलाई अनुबन्ध गरेको हो ।

२३ वर्षीय मिडफिल्डरले उल्भ्ससँग ५ वर्षको सम्झौता गरेका छन् । उल्भ्सले तेस्रो खेलाडीको रूपमा नुनेसलाई अनुबन्ध गरेको हो । उनले लिस्बनका लागि ७६ खेल खेलेका थिए । उनले पोर्चुगलका लागि ८ खेल खेलेका छन् ।

त्यसैगरी, इंग्लिस प्रिमियर लिग क्लब वेस्टह्यामले जर्मन डिफेन्डर थिलो केहररलाई अनुबन्ध गरेको छ ।वेस्ट ह्यामले फ्रेन्च क्लब पीएसजीबाट थिलोलाई अनुबन्ध गरेको हो । २४ वर्षीय डिफेन्डरले वेस्ट ह्यामसँग ४ वर्षको सम्झौता गरेका छन् ।

उनी २०१८ मा शाल्केबाट पीएसजी आएका थिए । पीएसजीका लागि उनले १ सय २८ खेल खेलेका छन् । पीएसजीका लागि उनले ३ लिग वान र २ फ्रेन्च कप जितेका थिए । जर्मनीका लागि उनले २२ म्याच खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्