आर्मी क्वार्टरफाइनलमा



काठमाडौं । 

नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित ग-यो । जितसँगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुष सिंहले ४४ अंक जोडे ।

पहिलो क्वार्टरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा भने अगाडि रह्यो । अन्य क्वार्टरमा आर्मीले क्रमशः २६–११, २२–२० र २७–२५ स्कोर ग-यो ।

प्रतिक्रिया दिनुहोस्