शारीरिक सुगठनको प्रशिक्षकलाई दीक्षा प्रदान



काठमाडौं । 

नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसले शारीरिक सुगठनका प्रशिक्षहरूलाई प्रशिक्षण प्रदान गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रशिक्षणबाट दिक्षित प्रशिक्षकहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।

ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दिक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।९ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागी दीक्षितहरूलाई पूर्व नेपाल च्याम्पियन एवं नेपालमा शारीरिक सुगठनका ज्ञाताका रूपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, विज्ञहरू संजय महर्जन, दिवाकर लाल अमात्य, डा. ज्ञानेन्द्र शाह र सुकदेव कार्कीलगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नीलेन्द्रराज श्रेष्ठले प्रशिक्षकहरूले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरूले उपयुक्त ज्ञान प्राप्त गर्न सहज हुनुका साथै प्रशिक्षणका दौरान आइपर्ने दुर्घटनाबाट बच्न र बचाउन निकैनै ठूलो योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्