दौडमा गौतम विक पहिलो



पाल्पा, (नेस) । 

रिब्दीकोट गाउँपालिका वडा न ४ को परोपकारी युवा क्लब रानीठाटी पाल्पाले वडास्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ । युवा क्लबले वडाका युवाहरूको व्यक्तित्व एवं नेतृत्व शैलीको विकास गर्नका लागि प्रतिस्पर्धात्मक वडा स्तरीय ५ हजार मिटर दौड प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा गौतम विक पहिलो, सन्दीप के सी दोस्रो र नविन श्रीनेत तेस्रो भए । शीर्ष तीन हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्