प्रथम नागस्वती भेट्रान्स भदौ १८ देखि



हेटौंडा ।

नागस्वती भेट्रान्स क्लबले प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ‘ए’ साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै क्लबले भदौ १८ गतेदेखि हेटौंडा–७, नागस्वती खेलमैदानमा प्रतियोगिता गरिने बताएको हो ।

प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार नगदसहित शिल्ड पाउने क्लब अध्यक्ष सोमबहादुर तितुङले बताए । उनले प्रतियोगितामा १८ वटा भन्दामाथि क्लबको सहभागिता रहने जनाए ।

खेलमा १३ लाख खर्च अनुमान गरिएको उनले बताए । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नारासाथ आयोजना गर्न लागिएको प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने उनले बताए । गत वर्ष स्थापना भएको क्लबले पहिलो वर्षमै हेटौंडा भेट्रान्स क्लबले गत वर्ष आयोजना गरेको प्रतियोगिता उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्