स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई बिदाइ



काठमाडौं  ।

हल्यान्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई बिदाई गरिएको छ ।

आइतबार एक कार्यक्रमका बीच प्रशिक्षणमा सहभागी हुन जाने स्वस्तीश्री गुरुकुलका २३ टोलीलाई बिदाइ गरिएको हो । नेपाली फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुन जाने टोलीमा प्रशिक्षकमा ज्वाला विष्ट र खेलाडीमा दीर्घायु पिया, सदित अर्याल, दीप खत्री, वैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, साश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा, भाईचुङ तामाङ, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरव बरुवाल, जस्मिन सापकोटा र रिहान मान जोशी रहेका छन् ।

प्रशिक्षण कार्यक्रम श्रावण २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।खेलाडीहरू आफ्नो खर्चमा त्यस तर्फ प्रस्थान गर्न लागेको र व्यक्तिगत सम्वन्धका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेकाले कुनै प्रकारको छनोट नगरिएको नेतृत्वकर्ता गुरुङले जानकारी गराए । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्