स्वास्थ्यमन्त्री राजदूत भेट



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज नेपालका लागि भारत र बङ्गलादेशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ ।

उहाँले आफ्नै कार्यकक्षमा दुई देशका राजदूतसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो । भेटमा मन्त्री खापुङले भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाल र भारतबीचको राम्रो सम्बन्धले गर्दा कोभिड–१९ को रोकथाममा सहयोग पुगेको धारणा राख्नुभएको थियो । दुई देशबीच रहँदै आएको सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्नेमा मन्त्री खापुङको जोड रहेको थियो ।

यस्तै मन्त्री खापुङले बङ्गलादेशका राजदूत सलाहुदिन नोमन चौधरीसँग नेपाल बङ्गलादेशसँग जलविद्युत् र पर्यटनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

यस्तै नेपालमा उत्पादन हुने विद्युत्को बारेमा चासो राख्दै बङ्गलादेशका राजदूत चौधरीले नेपालको विद्युत् बङ्गलादेश लैजान इच्छुक रहेको र चाँडै दुई देशको ऊर्जामन्त्रीबीच बैठक गरी ठोस निर्णय निकालिने बताउनुभयो । ((

प्रतिक्रिया दिनुहोस्