स्टोक्सले ओडीआईबाट संन्यास लिने



लन्डन, (एजेन्सी) । 

इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर बेन स्टोक्सले ३१ वर्षको उमेरमै ओडीआईबाट संन्यास लिने भएका छन् । स्टोक्सले मंगलबार दक्षिण अफ्रिकासँग हुने पहिलो ओडीआईपछि संन्यास लिने घोषणा गरेका हुन् । स्टोक्स गत महिनामा मात्रै इंग्लिस टोलीका टेस्ट फरम्याटमा कप्तान बनेका थिए ।

उनको कप्तानीमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको तीन खेलको टेस्ट शृंखला ३–० ले क्लिन स्विप गरेको थियो । तर, उनले ओडीआईमा भने खेल्न नसक्ने बताउँदै नयाँ खेलाडीलाई अवसर दिन संन्यास लिन लागेको पनि स्पष्ट पारेका छन् । स्टोक्सले ५० ओभरको खेल छाडे पनि टी २० र टेस्ट क्रिकेटमा भने खेलिरहने बताए । स्टोक्सले ५० ओभरको विश्वकप २०१९ इंग्ल्यान्डलाई दिलाएका थिए । इंग्ल्यान्डको यो यस फरम्याटमा पहिलो उपाधि समेत हो । उनको यो घोषणापछि आगामी विश्वकपमा उनी टोलीमा हुने छैनन् ।

न्युजिल्यान्डमा जन्मेका उनले सोही टोलीलाई हराउन प्रमुख भुमिका खेलेपछि इंग्ल्यान्डले विश्वकप उपाधि जितेको थियो । यसैगरी, स्टोक्सको कप्तानीमा पाकिस्तानलाई ३–० ले वानडे शृंखलामा हराएको थियो ।स्टोक्सले ५० ओभरमा गाह्रो भएको भन्दै बताए—‘म इंग्ल्यान्डका लाग आफ्नो अन्तिम खेल मंगलबार डरहममा खेल्नेछु । मैले यो फरम्याटबाट संन्यास लिने निर्णय गरेको छु । यो मेरो लागि कठिन निर्णय हो । मलाई साथीहरूसँग खेल्ने निकै गर्व महसुस छ । क्रिकेटका तीनै फरम्याटमा खेल्नु मेरो लागि धेरै समस्या छ ।

मलाई लाग्यो कि मेरो शरीरले अहिले जवाफ दिइरहेको छ । म आफै एक खेलाडीको स्थान लिइरहेको छु । म चाहन्छु कि मेरो स्थानमा कोही अरु यो फरम्याटमा खेल्नु र म भन्दा राम्रो गर्नु । मेरो समय अब टेस्ट क्रिकेट खेल्ने समय हो र यसको लागि मैले सबै थोक लगाउनेछु । त्यही टी २० फरम्याटको लागि भने म पूरै तयार छु ।’

सन् २०११ मा आयरल्यान्डविरुद्ध ओडीआईमा डेब्यु गरेका स्टोक्सले ओडीआई करियरमा १ सय ४ खेल खेलेका छन् भने मात्र ३ शतक लगाएका छन् । उनले ओडीआईमा २१ अर्धशतक प्रहार गर्दै २ हजार ९ सय १९ रन बनाएका छन् । यस्तै उनले बलिङमा पनि शानदार प्रदर्शन गर्दै ओडीआईमा ७४ विकेट लिन सफल भएका छन् ।

भारतविरुद्ध निरासजनक प्रदर्शन

स्टोक्सले हाल भएको भारतविरुद्धको वानडे शृंखलामा खास केही राम्रो प्रदर्शन गर्न सकेनन् । ब्याटिङ र बलिङ दवैमा उनी फ्लाप सिद्ध भए । उनले ब्याटिङमा ३ खेलमा केवल १६ औसतसहित ४८ रन बनाएका थिए । यस्तै, उनलाई पूरै सिरिजमा विकेट पनि मिलेन ।

प्रतिक्रिया दिनुहोस्