जमैकाको महिला स्प्रिन्टमा क्लिन स्विप



लन्डन, (एजेन्सी) ।

जमैकाकी स्प्रिन्टर शैली एना फ्रेसर प्रेसीले वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा १ सय मिटर दौड मात्र १०.६७ सेकेण्डमा पुरा गरेकी छन् । सोमबार भएको महिला १ सय मिटर दौडमा शीर्ष तीन स्थान नै जमैकाका धाविकाहरूले क्लिन स्विप गरे । एक दिन अघि पुरुष विधामा १ सय मिटर दौडमा पनि यस्तै भएको थियो । अमेरिकाका धावकले स्वर्ण, रजत र कांस्य पदक जितेका थिए ।

वल्र्ड च्याम्पियनको इतिहासमा यस्तो पहिलो पटक भएको हो । १ सय मिटर दौडमा पुरुष र महिला विधामा एकै राष्ट्रका प्रतिस्पर्धीहरूले क्लिन स्विप गरे । यसअघि, यस्तो कारनामा सन् १९८३ र १९९१ मा तीनै पदक जितेको थियो । दुवैपटक पुरुषतर्फ अमेरिकी खेलाडीले तीनै वटा पदक जितेका थिए । तर, उक्त सिजनमा महिलातर्फ भने अलग अलग देशले पदक जितेका थिए । यस पटक भने महिलातर्फ इतिहास बनेको हो ।

जमैकाकी फ्रेसर प्रेसी विश्वकी छिटो धाविका पनि बनेकी छन् । उनले वल्र्ड च्याम्पियनसिपको उत्कृष्ट समय निकालेकी छन् । उनले यस विधातर्फ २००९, २०१३, २०१५ र २०१९ मा पनि च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेकी थिइन् । यस सिजनको रजत र कांश्य क्रमशः शिरिका ज्याक्सन र एलीन थम्सन हेराहले जिते ।

फ्रेडले पुरुषमा जिते

अमेरिकी धावक फ्रेड केर्ली विश्वका सबैभन्दा छिटो व्यक्ति बनेका छन् । उनले वल्र्ड च्याम्पियनसिपमा १ सय मिटर दौड ९.८६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । २७ वर्षका केर्लीको यो वल्र्ड च्याम्पियनसिपमा पहिलो व्यक्तिगत स्वर्ण पनि हो । उनी पहिलो पटक १ सय मिटर वल्र्ड च्याम्पियन बने । यस्तै, अमेरिकाका मार्भिन ब्रेसीले रजत तथा टे«भन ब्रोमेलले कांस्य पदक जितेका थिए । तीनै जना धावकले १० सेकेन्डमुनि दौड पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्