कीर्तिपुर र ग्रान्डी च्याम्पियन



काठमाडौं ।

कीर्तिपुर क्लब र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो सूर्योदय एसईई कप खुला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कीर्तिपुर ब्वाइज तथा ग्रान्डी गल्र्समा पहिलो भए ।

मैतीदेवीस्थित आयोजक सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा कीर्तिपुरले एनपी लायन्सलाई २१–२० ले पराजित ग¥यो । गल्र्सको उपाधि भिडन्तमा ग्रान्डीले आईएसए नेपाललाई ७–६ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्