न्यु जेनिथलाई उपाधि



काठमाडौं । 

न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसईई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । मनमैजुस्थित आयोजक एन्जल्स हार्ट मावि÷कलेजको कोर्टमा भएको फाइनलमा न्यु जेनिथ ‘बी’ ले ऋत एकेडेमीलाई १८–१५ ले पराजित ग-यो ।

विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाए । न्यु जेनिथ ‘बी’ का अमृत भट्टराई ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

दुईदिने प्रतियोगितामा ६६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एन्जल्स हार्टमा प्लस टुमा अध्ययन गर्न चाहे विजेतालाई १०० प्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र सहभागी टोलीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्