ई–टिकटको सुरुआत



काठमाडौं । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा ई– टिकटको सुरुआत गरिएको छ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि इ टिकटको सुरुआत गरिएको हो ।

अनलाइन टिकटको पनि चाँडै सुरुआत गर्ने परिसर प्रमुख देवराज कट्वालले जनाएका छन् । ग्रिन टेक कन्सर्न प्रा.लि. ले यो प्रविधिको व्यवस्थापन गरिरहेको छ । ‘विगतमा छपाइ टिकटमा काम गर्दा धरै असहज र झन्झट हुन्थ्यो । यो प्रविधिमा काम गर्दा धेरै सहज भएको छ । अनलाइन टिकट पनि सुरु भएपछि काउन्टरमा भिड पनि कम हुन्छ । त्यसले अझ सहज हुन्छ ।’ परिसरमा कार्यरत सुरत खत्रीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्