रुडिक पाको महिला धाविका



लन्डन, (एजेन्सी) । 

अस्ट्रेलियाकी केली रुडिक विश्वकी पाको महिला धाविका बनेकी छन् । ४९ वर्षको उमेरमा विश्व एथ्लेटिक्स प्रतियोगितामा सहभागी हुने भएपछि रुडिक पाको महिला खेलाडी बनेकी हुन् । एथ्लेटिक्स अस्ट्रेलियाले ३५ किलोमिटर वाक (हिँडाइ) मा उनलाई छनोट गरेको थियो । प्रतियोगिता यही महिना ओरेगनको युजिनीमा हुनेछ ।

रुडिकको यो डेब्यु पनि हुनेछ । उनले २०१५ मा कानको चोटको कारण प्रतियोगितामा सहभागिता जनाउन पाएकी थिइनन् । उनका बुबा केभिनले बताए—हरेकपटक उनले मौका पाउँछिन् तर, केही नराम्रो भइदिन्छ । यसपटक त उनले प्रतिस्पर्धा गर्नेमा मलाई विश्वास छ ।

यसअघि, स्पेनकी जेसस एन्जल गार्सिया विश्व प्रतियोगितामा सहभागि हुने पाको धाविका थिइन् । उनले २०१९ मा दोहामा भएको १३औं संस्करणमा ४९ वर्षको उमेरमै सहभागिता जनाएकी थिइन् । त्यस समयमा पोर्चुगलकी जाआओ भिइरा पदक जितेकी थिइन् । उनले ४३ वर्षको उमेरमा रजत जितेर पदक जित्ने पाको खेलाडीको उपलब्धि हासिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्