ऋत र ग्रान्डीलाई हेराल्ड कप



काठमाडौं । 

ऋत एकेडेमी र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो हेराल्ड एसईई कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ऋत ब्वाइज तथा ग्रान्डी गल्र्समा पहिलो भए ।

वसुन्धारास्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा ऋतले बलर्स एकेडेमीलाई २०–८ ले पराजित ग¥यो । ओजीएमले हेराल्डलाई १०–८ ले हराउदै तेश्रो भयो ।

गल्र्सको उपाधि भिडन्तमा ग्रान्डीले बलर्स एकेडेमीलाई ७–५ ले पाखा लगायो । इन्साइट भिजनलाई ४–२ ले पन्छ्याउँदै भ्याली पब्लिक तेश्रो बन्यो । दुवै समूहमा शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे । ब्वाइजमा ऋतका जेविश मगर तथा गल्र्समा ग्रान्डीकी दिया गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १ हजार ५ सय नगद पुरस्कार पाए ।

विजेतालाई हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्याय, एचआर डाइरेक्टर कपिल ज्ञवाली, सिफ्ट इन्चार्ज मदनप्रसाद फुयाँल र राजेश अर्याल, एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनी, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा २० गरी १ सय ४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्